दुर्घटनामा शाखा अधिकृतको निधन

दुर्घटनामा शाखा अधिकृतको निधन


ग्लोब नेपाल
999
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत भूपति पाण्डेको निधन भएको छ। कार्यालय समय सकिएपछि घर फर्किने क्रममा बल्खु चोकको जेब्राक्रसिङमा उनले चलाएको स्कुटरलाई ट्रकले ठक्कर दिएपछि घाइते भएका पाण्डेलाई तत्काल बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको अध्यागमन विभागले जनाएको छ।