राहुल गान्धीद्वारा पुनरावेदन दर्ता, आजै सुनुवाइ हुँदै

राहुल गान्धीद्वारा पुनरावेदन दर्ता, आजै सुनुवाइ हुँदै



काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीले आफूलाई मानहानि मुद्दामा दोषी ठहर गर्ने जिल्ला अदालतको फैसालाविरुद्ध पुनरावेदन दर्ता गरेका छन् । पुनरावेदनमा आजै गुजरात उच्च अदालतमा सुनुवाइ हुने तय भएको छ ।

भारतको गुजरातस्थित सुरत जिल्ला अदालतले गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गरेको थियो । सन् २०१९ मा एक राजनीतिक सभामा ‘सबै मोदी किन चोर हुन्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिविरुद्ध उनलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको हो ।

भारतीय जनता पार्टीका गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले गान्धीको अभिव्यक्तिविरुद्ध मानहानि मुद्दा दायर गरेका थिए । गान्धीलाई दुई वर्ष कैदको सजाय सुनाइएको थियो ।

गान्धीलाई ३० दिन आफूविरुद्ध भएको फैसला पुनरावेदन गर्नका लागि धरौटीमा रिहा गरिएको थियो । दोषी ठहर भएसँगै उनको सांसद पद खारेज भएको थियो ।