एलोन मस्कलाई पछिपार्दै बेरर्नाड अर्नल्ट बने संसारको सबैभन्दा धनी व्यक्ति

एलोन मस्कलाई पछिपार्दै बेरर्नाड अर्नल्ट बने संसारको सबैभन्दा धनी व्यक्ति

यी हुन् विश्वका २५ धनाड्यहरु



एजेन्सी । विश्वकै अर्बपतिहरुको सूची सार्वजनिक भएकाे छ । विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गर्ने फोर्ब्सले सन् २०२३ का धनी व्यक्तिहरुको सूची सार्वजनिक गरेको हाे । उक्त सूची अनुसार बेरनार्ड अर्नल्ट र परिवार विश्वको सबैभन्दा धनाढ्यको सूचीमा पहिलो नम्बरमा आएका हुन् ।

यसअघि संसारको सबैभन्दा धनी व्यक्तिका रुपमा रहेका एलोन मस्कलाइ पछिपार्दै फ्रान्सेली लक्जरी सामान LVMH को मालिक बर्ना आर्नो सबैभन्दा धनी अर्बपति बनेका हुन् ।

फोर्ब्सका अनुसार अर्नल्टको कूल सम्पत्ति गत वर्षको भन्दा ५० अर्ब डलरले बढेर २११ बिलियन डलर पुगेको छ । फोर्ब्सको ‘द रियल टाइम अर्बपतिहरूको सूची’ अनुसार, एलोन मस्कको हालको सम्पत्ति अनुमानित १८० डलर बिलियन छ, जुन अघिल्लो वर्षको तुलनामा ३९ बिलियन डलरले कम हो ।

अर्नल्ट अमेरिकी नभई फ्रेन्च व्यवसायी हुन् । उनी र उनको परिवारले हाल फेसनसम्बन्धी व्यवसाय सञ्चालन गरिरहेको छ । अर्नल्टको समूहको मातहत फेसन र कस्मेटिकतर्फका ७५ वटा ब्रान्ड छ ।

यस्तै, लुइस भुट्टोन र सेफोराजस्ता विश्व चर्चित ब्रान्ड समेत अर्नल्ट मातहतका कम्पनीले सञ्चालन गर्छन् । यस्तै, अर्नल्टको नेतृत्वमा रहेको अगाचे ब्याक्स भेञ्चर क्यापिटल फर्मले टिकटकको प्यारेन्ट कम्पनी बाइट डान्स र अमेरिकी कम्पनी नेटफ्लिक्समा समेत लगानी गरेको छ ।

२०२२ मा २५१ बिलियन डलर नेटवर्थ सहित धनाड्यको सूचीमा पहिलो स्थानमा रहेका मस्क यसपटक भने दोस्रो स्थानमा रहेका छन् । उनको नेटवर्थ १८० बिलियन डलर रहेको छ । टेस्लाको सेयरबाट खर्च भएको ४४ अर्ब डलरको ट्विटर खरिदका कारण मस्कको सम्पत्ति घटेको जनाइएको छ । यस वर्ष टेस्लालाइ धेरै घाटा भएको तर मस्कले ट्विटर किन्नु अघिको तुलनामा अझै कम भएको सीएनएनको रिपोर्टले बताएको छ ।

धनाढ्यहरूको सूचीको तेस्रो नम्बरमा अमेजनका मालिक जेफ बेजोस रहेका छन् । जेफ बेजोसको नेटवर्थ ११४ बिलियन डलर रहेको छ । उनी २०२२ मा विश्वको दोस्रो धनी थिए र उनको नेटवर्थ १५१ बिलियन डलर थियो । फोर्ब्सको सूचीमा रहेका सबैभन्दा धेरै पैसा गुमाउनेमा जेफ बेजोस रहेका छन् । उनि यसअघी दोस्रो स्थानमा थिए भने अहीले तेस्रो स्थानमा झरेका छन् । अमेजन शेयर गत वर्षको तुलनामा यो वर्ष ४० प्रतिशतले घटेकाले उनी तेस्रो स्थानमा झरेको फोर्ब्सको जनाएको छ ।

चौथो नम्बरमा ल्यारी इलिसन, पाँचौ नम्बरमा सेयर लगानीकर्ता वारेन बफेट र छैटौं नम्बरमा माइक्रोसफ्टका मालिक बिल गेट्स छन् । सन् १९९५ देखि २०१७ (२०१० र २०१०–२०१३ बाहेक) सम्म विश्वको सबैभन्दा धनी रहेका बिल गेट्स यसपटक छैठौं स्थानमा पुगेका हुन् । यसअघि को सूचीमा उनी तेस्रो स्थानमा थिए ।

सातौँ नम्बरमा ब्लुमवर्गका मालिक माइकेल ब्लुमवर्ग छन् । विश्वका धनाढ्यहरूको सूचीको पहिलो नम्बरबाहेक क्रमशः ७ नम्बरसम्म अमेरिकी व्यवसायीको दबदबा छ ।

यसैगरी, ८ औँ नम्बरमा मेक्सिकोका कार्लोस स्लिम हेलु र परिवार छन् भने ९ औँ नम्बरमा छिमेकी भारतका धनाढ्य मुकेश अम्बानी छन् । उनको नेटवर्थ ८३.४ बिलियन अमेरिकी डलर रहेको छ । गत वर्ष अम्बानीको कम्पनी रिलायन्स इडस्ट्रिजले १ सय बिलियन अमेरिकी डलरको कारोबार गरेको थियो । कम्पनीको इतिहासमा नै यो मात्रामा पहिलो पटक आम्दानी गरेको थियो ।

फोर्ब्सले प्रत्येक वर्ष डलर अर्बपतिहरुको सूची सार्वजनिक गर्दै आइरहेको छ । यो सूचीमा यसवर्ष २५ सय ४० जना समेटिएका छन् । नेपालबाट एक मात्र व्यवसायी विनोद चौधरी परेका छन् । उनी १ अर्ब ८० करोड डलरसहित १६४७औँ स्थानमा छन् ।

यस्तै, २०२२ सम्ममा विश्वको धनाड्य सुचीको तेस्रो स्थानमा रहेका गौतम अडानी हाल धनाड्य सुचीको २४ औँ स्थानमा झरेका छन् । सन् २०२२ मा ९० बिलियन अमेरिकी डलर रहेको गौतम अडानीको कुल सम्पत्ति यो रिपोर्ट सार्वजनिक भएपश्चात सेयर मूल्यमा गिरावट आउँदा घटेर ४७.२ बिलियन अमेरिकी डलरमा पुगेको थियो ।

पूर्वाधार र अन्य वस्तुको व्यापारबाट चर्चामा आएका अडानी गत वर्ष सेप्टेम्बरमा विश्वकै दोस्रो धनी व्यक्तिसम्म बन्न पुगेका थिए । गत जनवरीमा हिडेनबर्ग रिसर्चको रिपोर्ट सार्वजनिक हुनुभन्दा अघि पनि उनी तेस्रो स्थानमा थिए । तर, कालान्तरमा उनको स्थान २४ औं बनेको छ । हाल उनी भारतका दोस्रो धनी व्यक्ति हुन् । यस वर्षको सूचीमा कुल अर्बपतिहरूको संख्या २ हजार ६४० पुगेको छ । गत वर्ष यो संख्या २ हजार ६८८ रहेको थियो ।

विश्वका २५ धनाड्यहरु

१. बर्नार्ड अर्नाल्ट
२. एलन मस्क
३. जेफ बेजोस
४. ल्यारी एलिसन
५. वारेन बफेट
६. बिल गेट्स
७. माइकल ब्लूमबर्ग
८. कार्लोस स्लिम हेलु
९. मुकेश अम्बानी
१०. स्टीव बाल्मर
११. फ्रान्कोइस बेटनसर्ट
१२. ल्यारी पेज
१३. अमान्सियो ओर्टेगा
१४.सर्जी ब्रिन
१५. झोंग शानशान
१६. मार्क जुकरबर्ग
१७. चार्ल्स कोच
१८. जुलिया कोच
१९. जिम वाल्टन
२०. रॉबसन वॉल्टन
२१. एलिस वाल्टन
२२. डेभिड थोमसन
२३. माइकल डेल
२४. गौतम अडानी
२५. फिल नाइट