गुगलले नेपालको भू–भाग भारतमा देखाएपछि…

गुगलले नेपालको भू–भाग भारतमा देखाएपछि…



काठमाडौं । सांसद सरिता भुसालले गुगल म्यापमा पश्चिम नवलपरासीको विभिन्न भू–भाग भारतमा देखिएको र त्यसले समस्या निम्त्याएको बताएकी छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले जिल्लाको सुस्ता गाउँपालिका वडा नम्बर ३ को मर्चहवा श्रीनगर बालुटोलका केही भू–भाग तथा वडा ४ को गोकुलनगर, श्रीराम जरलैया बेलटारी र थारु टोलका साथै प्रतापुर गाउँपालका वडा नम्बर ८ को बालुवाटोलको पूरै र फड्की टोलको केही भू–भाग गुगल म्यामपा भारतमा देखिएको उनले बताइन् ।

सांसद भुसालले भारतमा गुगलले देखाइदिँदा किसान र व्यवसायीहरूले वित्तिय संकट भोग्नुपरेको दुखेसो पोखिन् ।

“विभिन्न भू–भाग भारतमा देखिदा किसान र व्यवसायीहरूले वित्तीय संस्था तथा बैकहरूबाट ऋण प्राप्त गर्न नसकेर आर्थिक संकट भोगिहरका छन् । यस समस्यालाई सच्याइ जनताको स्तर उन्नति गर्न सहयोग गर्न हुने अनुरोध छ,” उनले भनिन् ।