नेपालमा खेल्ने बहाराईनको टोली घोषणा

नेपालमा खेल्ने बहाराईनको टोली घोषणा



काठमाडौं । बहराइनले आगामी साता नेपालमा हुने एसीसी प्रिमियर कपको लागि १४ सदस्यीय टोली घोषणा गरेको छ । समूह बी मा रहेको बहराईनका साथै सो समूहमा हङकङ, युएई, कुवेत र सिंगापुर रहेका छन् ।

बहराइनले समूह चरणका दुई खेल मुलपानी र दुई खेल टियु मैदानमा खेल्नेछ । टियुमा बहराईनले २० अप्रिलमा सिंगापुरसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ ।

बहराइनको दोस्रो खेल मुलपानी मैदानमा २२ अप्रिलमा कुवेतसँग तथा तेस्रो खेल टियु मैदानमा २४ अप्रिलमा हङकङसँग खेल्नेछ । समूह चरणको अन्तिम खेल मुलपानीमा २६ अप्रिलमा युएईसँग रहेको छ ।

समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् ।

हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मे १ मा रहेको प्रतियोगिताको च्याम्पियन राष्ट्र एसिया कपमा छनोट हुनेछ । छनोट हुने राष्ट्रले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

बहराइनको टोली

शाहबाज बदर, मोहम्मद युनिस, फियाज अहमद, सोहेल अहमद, जुनेद निअजी, हैदर अली, डेविड म्याथियास, अली दाऊद, साई सार्थक, माजिद अब्बासी, रिजवान बट, सत्यैया वीरपतिरण, इमरान जावेद, वसिक अहमद