कप्तान रोहित पौडेल नेपालगन्जमा सम्मानित

कप्तान रोहित पौडेल नेपालगन्जमा सम्मानित



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल नेपालगन्जमा नगद सहितसम्मानित भएका छन् । पौडेललाई केपी ओली युवा पुरस्कारबाट सम्मानित गरिएको हो । पौडेललाई १ लाख नगद सहित सम्मान गरिएको हो ।

नेपालगन्जमा जारी राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई सम्मान गरेका हुन् ।

गत महिना रोहितको कप्तानीमा नेपालले १२ एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई)मा ११ मा जित हासिल गरि जिम्बावेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको थियो ।