एसीसी प्रिमियर कपका लागि नेपालको टोली घोषणा

एसीसी प्रिमियर कपका लागि नेपालको टोली घोषणा



काठमाडौं । काठमाडौंमा ५ वैशाखदेखि सुरु हुने एसीसी प्रिमियर कपका लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ । नेपालको लागि रोहित पौडेललको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो ।

टोलीमा पौडेल, कुशल भुर्तेल, आशिष शेख, कुशल मल्ल, ज्ञानेन्द्र मल्ल, गुल्सन झा, आरिफ शेख, प्रतिश जिशी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की र ललित राजवंशी छन् ।

अर्जुन साउद, सुर्य तामाङ, किशोर महतो र सन्दीप जोरा वैकल्पिक खेलाडीमा रहेका छन् । पछिल्लो पटक वैकल्पीक स्थान बनाएका श्याम(मौसम) ढकालको स्थानमा किशोर महतो आएका छन् ।

देव खनाल, कमल सिंह ऐरी र श्याम ढकाल प्राम्भिक टोलीम रहे पनि अन्तिम टोलीमा पर्न सकेनन् ।

प्रिमियर कपमा एसियाका टेष्ट खेल्नेबाहेकका १० एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछन् । जहाँ १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताका खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा र मुलपानी क्रिकेट मैदानमा हुने छन् ।

यस्तै समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । उद्घाटन खेल नेपाल र मलेसियाबीच मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।