ए डिभिजन लिग : खुमलटारमाथि एनआरटीको जित

ए डिभिजन लिग : खुमलटारमाथि एनआरटीको जित



काठमाडौं । एनआरटीले सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा मंगलबार खुमलटारमाथि प्रभावशाली ३–१ को जित निकालेको छ । पहिलो हाफको निरश खेलपछि दोस्रो हाफ भने जीवन्त रह्यो र खेलका चारै गोल त्यही समयमा भए ।

दसौं चरणको पहिलो खेलमा एनआरटीका लागि सरोज तामाङले ६५ औं मिनेटमा पहिलो गोल गरेपछि सन्जीव विष्टले ८२ औं मिनेटमा दोस्रो गोल थपे । मोहित गुरुङले ८५ औं मिनेटमा तेस्रो गोल थपे ।

खुमलटारका लागि स्यामु मुर्मुले ८९ औं मिनेटमा सान्त्वना गोल फर्काए । दोस्रो जितपछि एनआरटीको १० अंक भएको छ । खुमलटार भने १० अंकमै सीमित रह्यो ।