दिनेश शर्मा अष्ट्रेलियाको ‘अन्तर्राष्ट्रिय राजदूत पुरस्कार’बाट पुरस्कृत

दिनेश शर्मा अष्ट्रेलियाको ‘अन्तर्राष्ट्रिय राजदूत पुरस्कार’बाट पुरस्कृत



बारा । नेपाल तेक्वान्दो महासंघ (एनटीएफ) का अध्यक्ष दिनेश शर्मा अष्ट्रेलियामा पुरस्कृत भएका छन् । निजगढ नगरपालिका- ३ सिंगोल घर भएका शर्मालाई ‘अन्तर्राष्ट्रिय राजदूत पुरस्कार’ बाट अष्ट्रेलियामा पुरस्कृत भएका हुन् । यसअघि नेपाल तेक्वान्दो महासंघका अध्यक्ष दिनेश शर्मा अष्ट्रेलियाको तेक्वान्दो संस्था अन्तर्राष्ट्रिय तेक्वान्दो फ्रेडेरेशन (आइटिएफ) को ‘अन्तर्राष्ट्रिय राजदूत पुरस्कार’ का लागि छनौटमा परेका थिए ।

अष्ट्रेलियाको मेलबर्नमा २३ अप्रिल २०२३ मा भएको आइटिएफ, हल अफ फेम अवार्ड कार्यक्रमको पाँचौँ संस्करणका अवसरमा प्रदान गरिने विभिन्न विधाहरुमध्ये शर्मा उक्त पुरस्कारका लागि छनौटमा परेका हुन् । आइटिएफले लाइफटाइम योगदान पुरस्कार, अन्तर्राष्ट्रिय राजदूत पुरस्कार, उत्कृष्ट एथलीट पुरस्कारलगायत ४ विधामा विभिन्न देशमा तेक्वान्दो क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई सम्मान गर्दै आएको छ ।

शर्माले अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ)को तत्वधान र युनाइटेड आइटिएफ तेक्वान्दो अष्ट्रेलियाको आयोजनामा मेलबर्नमा २२ र २३ अप्रिल २०२३ मा हुने तेस्रो ग्लोबल ओपन तेक्वान्दो च्याम्पियनसिप २०२३ को लागि नेपालको टिम प्रशिक्षकको जिम्मेवारीसमेत सम्हाल्ने छन् । शर्मा नेपाल एवं अन्तर्राष्ट्रियस्तरमा मार्सल आर्टको प्रवद्र्धनमा सक्रिय रूपमा संलग्न छन् । उनी विश्व मार्सल आर्ट हल अफ फेमका निर्देशक र नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका महासचिव हुन् । उनी नेपाल फाइट क्लब र साङ्ग्रोक नेपाल तेक्वान्दोे एकेडेमीका अध्यक्ष र मुख्य प्रशिक्षकसमेत हुन् ।

शर्माले मार्सल आर्टसँग सम्बन्धित् धेरै अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा भाग लिएका छन । शर्माकोे तेक्वान्दो कोचिङ क्याम्प, अन्तर्राष्ट्रिय रेफ्री र प्रशिक्षक तालिमहरुमा समेत सक्रिय सहभागिता रहने गरेको छ । उनले संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, ब्राजिल, दक्षिण कोरिया, इटाली र अन्य देशहरूमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मार्सल आर्ट कार्यक्रमहरूमा खेलाडी, प्रशिक्षक, रेफ्री र कार्यक्रम निर्देशकको रूपमा जिम्मेवारी सम्हालि सकेका छन् ।

मार्सल आर्ट क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका कारण उनी दर्जनौं राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पुरस्कारहरूबाट सम्मानित भइसकेका छन् । शर्माले अमेरीका, बेलायत, जर्मनी, ब्राजिल, भारत लगायतका मुलुकबाट अन्तर्राष्ट्रिय पुरस्कारहरु हात पारिसकेका छन् ।