ए डिभिजन लिगमा मनाङकाे लगातार पाँचाैँ हार

ए डिभिजन लिगमा मनाङकाे लगातार पाँचाैँ हार



काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज मङ्गलवार भएका खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लब विजयी भएका छन् ।

एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा पुलिसले मनाङ मर्स्याङ्दी क्लबलाई एक–शून्य गोलले हरायो । पुलिसका लागि मोहम्मद आशिकले गोल गरे । मनाङको यो लगातार पाँचौँ हार हो । मनाङले १२ खेलमा १५ अङ्क जोडेको छ भने पुलिसको नाै अङ्क रहेको छ ।

आजै दशरथ रङ्गशालामा भएको खेलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम (एनआरटी) लाई तीन–एक गोलले हरायो । फ्रेन्ड्सको जितमा राफिक अमिनु, टोरिक जेब्रिन र प्रकाश बुढाथोकीले गोल गरे । एनआरटीका सन्जिब विष्टले एक गोल फर्काए । फ्रेन्ड्सको १२ खेलमा १४ र एनआरटीको १३ अङ्क छ ।

अहिले दशरथ रङ्गशालामा त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडले खेलिरहेका छन् ।