साउदी अरेबियालाई हराउँदै ओमान सेमिफाइनलमा

साउदी अरेबियालाई हराउँदै ओमान सेमिफाइनलमा



काठमाडौं । ओमान एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा पुगेकाे छ । आज बुधवार त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा साउदी अरेबियालाई ७२ रनले हराउँदै ओमान सेमिफाइनलमा पुगेकाे हाे ।

ओमानले दिएकाे ३ सय ६७ रनकाे विशाल लक्ष्य पछ्याएकाे साउदी अरेबिया ४६ ओभर ५ बलमा २ सय ९४ रनमा अलआउट भयाे । साउदी अरेबियाका अब्दुल वहीदले ९५ र साद खानले ७८ रन बनाए । ओमानका बिलाल खानले ४, जे ओडेड्राले ३ र जेशन मक्शूदले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेकाे ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६६ रन बनायाे । ओमानका पाँच जना ब्याटरले अर्धशतक बनाए । उसका जतिन्दर सिंहले ८८, माेहम्मद नदीमले ३८ बलमा नटआउट ७१, शाेएब खानले ६८, कप्तान जेशन मक्शूदले ५४ र कश्यप प्रजापतिले ५१ रन बनाए । साउदी अरेबियाका अतिफ उर रेहमानले ३ र अब्दुल वहिदले २ विकेट लिए ।

याेसँगै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टाेलीकाे टुङ्गाे लागेकाे छ । याे समूहबाट नेपाल यसअघि नै १ खेलअघि नै सेमिफाइनल पुगेकाे छ । यस्तै समूह ‘बी’ बाट यूएई सेमिफाइनल पुगेकाे छ । अब भाेलि बिहीवार हङकङ र कुवेतबीच हुने खेलकाे विजेता याे समूहबाट सेमिफाइनलमा पुग्ने अर्काे टाेली बन्नेछ ।

एसीसी प्रिमियर कपको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।