वर्षाको कारण कुवेत र ओमानको खेल रोकियो

वर्षाको कारण कुवेत र ओमानको खेल रोकियो



काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको ओमान र कुवेतबीचको तेस्रो स्थानको लागि जारी खेल वर्षाले अवरुद्ध भएको छ ।टियु मैदानमा जारी खेलमा वर्षा भएपछि खेल रोकिएको छ ।

पहिला ब्याटिङ गरेको कुवेतले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याउदै ओमान ब्याटिङ गरिरहेको थियो । ओमानले ६ ओभरमा विकेट नगुमाएर ४१ रन बनाएको छ ।

ओमानका लागि ओपनर जतिन्दर सिंह र कश्यप प्रजापती क्रिजमा रहेका छन् । आजको खेलको विजेता टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउने छ ।

इमर्जिङ कपमा प्रिमियर कपका शीर्ष तीन टोलीले स्थान बनाउनेमा फाइनलमा स्थान बनाएका नेपाल र युएई छनोट भइसकेका छन् ।