केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा आचार्य नियुक्त

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा आचार्य नियुक्त


ग्लोब नेपाल
837
Shares

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा.सुरेश आचार्यलाई नियुक्त गरेको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिन्धुलीका आचार्यलाई नियुक्त गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्रतिष्ठान कांग्रेसको एक महत्वपूर्ण निकाय हो। नव नियुक्त कार्यकारी निर्देशक आचार्य यस ग्लोब नेपाल डट कमको सल्लाहकार सम्पादक र नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष समेत हुनुहुन्छ।

काँग्रेसका विभिन्न समितिहरूमा रहेर काम गरिसक्नु भएकाआचार्यलाई नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम नियुक्त गरिएको एक सूचना जारी गर्दै मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यस पहिले आचार्य पार्टीको प्रचार विभागको उप-प्रमूख हुनुहुन्थ्यो। हामी हाम्रा सल्लाहकार सम्पादक आचार्यलाई पार्टीको यो महत्वपूर्ण जिम्मेवारीका लागि हार्दिक बधाईसहित सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछौं।