एसीसी प्रिमियर कपमा सन्दीप प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित

एसीसी प्रिमियर कपमा सन्दीप प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित



काठमाडौं । नेपालका सन्दीप लामिछाने एसीसी प्रिमियर कप प्रतियोगिताको उत्कृष्ट खेलाडी छनोट भएका छन् । उत्कृष्ट खेलाडीको अवार्ड हात पारेपछि लामिछानेले यो सबैका लागि खुसीको पल भएको बताए ।

उनले खेलमा सबैकाे आ–आफ्नो योगदान हुने भन्दै गुल्सन झा र समकक्षी बलर ललित राजवंशी पनि प्रशंसा गरे ।

उनले खेल हेर्न त्रिभुवन विश्वविद्यालको मैदानमा पुगेका सम्पूर्ण दर्शकलाई धन्यवाद दिए । नेपालको क्रिकेटलाई अझै माथि पुर्‍याउने पनि उनले प्रतिबद्धता व्यक्त गरे । प्रतियोगिताको फाइनलमा नेपालले यूएईलाई हराउँदै एसिया कपमा स्थानमा बनाउन सफल भएको छ ।

प्रतियोगितामा ओमानका बिलाल खान उत्कृष्ट बलर छानिए भने यूएईका भिर्तिया अरविन्द उत्कृष्ट ब्याटर घोषित भए । फाइनल खेलमा गुल्सन झा प्लेयर अफ म्याच घोषित भएका थिए ।