प्रधानमन्त्रीसँगको भेटपछि ओलीले भने-टोपबहादुर रायमाझी मेरो सम्पर्कमा हुनुहुन्न

प्रधानमन्त्रीसँगको भेटपछि ओलीले भने-टोपबहादुर रायमाझी मेरो सम्पर्कमा हुनुहुन्न


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरार रहेका सचिव टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको प्रतिक्रिया दिएका छन् । शनिबार सिंहदरवारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटेपछि पत्रकारहरूसँग कुरा गर्दै ओलीले रायमाझी आफ्नो सम्पर्कमा नभएको बताएका हुन्।

अभियुक्तलाई बचाउन लागेको आरोप लागिरहेका बेला ओलीले आफ्नो सम्पर्कमा नरहेको प्रतिक्रिया दिँदै केही मान्छेहरूले त्यस्ता खालका हल्ला फैलाउने काम गरेको बताए। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम ठगी गरेको प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार छन् । प्रहरीले यस घटनामा ९ जनालाई पक्राउ गरिसकेको छ।