कर्नाटकमा कांग्रेस सरकारमा फर्किंदै, पराजित हुँदै भाजपा

कर्नाटकमा कांग्रेस सरकारमा फर्किंदै, पराजित हुँदै भाजपा



नयाँदिल्ली । भारतको कर्नाटकमा भारतीय जनता पार्टी (भाजपा) पछि परेको एक्जिट पोलले देखाएका छन् । अघिल्लो निर्वाचनमा बहुमतसहित सरकारमा पुगेको भाजपमाथि यसपल्ट कांग्रेस भारी पर्ने देखिएको छ ।

कर्नाटकमा मतदान सकिएलगत्तै एक्जिट पोल आएका छन् । पाँच एक्जिट पोलमा चारले भारतीय कांग्रेसले बहुमत प्राप्त गर्ने देखाएका छन् । जम्मा ७२ प्रतिशतले मतदान गरेको उक्त प्रदेशको निर्वाचनमा जेडिएस तेस्रो शक्ति बन्दै किङमेकर हुन सक्ने बताइएको छ ।

यस पल्ट पनि उसको सहयोग बिना कसैले सरकार नबनाउने देखिएको छ । जम्मा २२४ सिटमा कांग्रेसले बहुमतसमेत ल्याउन सक्ने केही एक्जिट पोलको दाबी छ । भाजपा भने सयभन्दा तल नै रोकिनेछ। बहुमतका लागि ११३ सिट आवश्यक पर्नेछ ।

निर्वाचन परिणामा १३ मेमा आउनेछ । इन्डिया टिभीले भाजपा ८५, कांग्रेस ११० देखि १२२ र जी न्युजले १०३ देखि ११८ सिट ल्याउन अनुमान गरेका छन् । एजेन्सी