सरकार छाड्ने तयारीमा नागरिक उन्मुक्ति पार्टी

सरकार छाड्ने तयारीमा नागरिक उन्मुक्ति पार्टी


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सरकार छाड्ने तयारी गरेको छ । रेशम चौधरीलाई जिल्ला अदालतले तोकेको जन्मकैद फैसलालाई सर्वोच्च अदालतले सदर गरेसँगै नागरिक उन्मुक्ति पार्टीले सरकार छाड्ने तयारी गरेको हो ।

यसैबीच गठबन्धनको बैठक चलिरहेको बेलामा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि तथा सहकारी विकास मन्त्री रञ्जिता श्रेष्ठ चौधरी बैठक छाडेर बाहिरिएकी छन्।

सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतकै फैसला सदर गरेपछि त्यही विषयमा छलफल गर्नका लागि रेशम चौधरीले डिल्लीबजारस्थित कारागारमा बोलाएको बैठकमा सहभागी हुन उनी निस्किएको बुझिएको छ।