सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले नै प्रस्तुत गर्ने

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले नै प्रस्तुत गर्ने


ग्लोब नेपाल
81
Shares

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले नै प्रस्तुत गर्ने भएका छन् । जेठ ५ गते सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । संसद सचिवालयले राष्ट्रपतिले नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ रहेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छलफल चलिरहँदा आलोचना भएपछि राष्ट्रपति स्वयले प्रस्तुत गर्ने भएका हुन् । यसअघि राष्ट्रपतिले सुरु गर्ने र प्रधानमन्त्रीले वाचन गर्ने गरी बालुवाटारमा छलफल भएको थियो ।