सन्दीपको मुद्दामा पीडितको जन्मदर्ता सक्कल फाइल मगाउन अदालतको आदेश

सन्दीपको मुद्दामा पीडितको जन्मदर्ता सक्कल फाइल मगाउन अदालतको आदेश



काठमाडौं । सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि सुनवाई हुन सकेन । लामिछानेका कानुन व्यवसायीले सुरुदेखि नै उठाएको उमेर विवादमा फेरि प्रमाण बुझ्ने आदेश भएको छ ।

न्यायाधीश फणिन्द्र प्रसाद पराजुलीको इजलासले गौशाला २६ को जन्मदर्ता रहेको नुवाकाेटकाे एउटा वडाले पठाएको पत्र स्पष्ट नभएको जनाएको छ । सो वडाले जाहेरीकर्ताको वास्तविक जन्ममिति सम्वन्धमा पठाएको पत्र चित्तबुझ्दो नभएकाले फेरि अर्को पत्र ल्याउन इजलासले आदेश दिएको छ ।

यसैगरि, गौशला २६ को जन्म भएको अस्पतालबाट प्राप्त कागज पनि राम्ररी नबुझिएको आदेशमा उल्लेख छ । इजलासले फेरि अर्को पत्र ल्याउन भनेको छ ।

सन्दीपका कानून व्यवसायीहरु भने विभिन्न बहाना गरेर मुद्दा लम्ब्याउन खोजिएको भन्दै असन्तुष्ट बनेका छन् । वडाको पत्र र अस्पतालको कागज दुवैले जाहेरीकर्ता नाबालिग नदेखिने स्पष्ट हुँदाहुँदै किचलो गर्न खोजिएको उनीहरुको आरोप छ ।