काठमाडौं । सुनकोसी नदीमा गाडी खसेर बेपत्ता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का तीन कर्मचारीको खोजीका लागि गोताखोर परिचालन गरिएको छ ।
प्रहरीका अनुसार घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरीले स्थानीयको सहयोगमा खोजी गरिरहेका छन् । खोजी कार्यका लागि गोताखोरकाे टाेली पनि परिचालन गरिएकाे हाे ।
शुक्रबार दिउँसो करिब साढे १२ बजे सिन्धुलीको खुर्कोटस्थित नदीमा गाडी खसेको थियो । गाडीमा चालकबाहेक सीटीईभीटीका निर्देशक कृष्णबहादुर केसी, सीटीईभीटीकै योजना महाशाखाका प्रमुख यमप्रसाद भुर्तेल र सीटीईभीटीकै विद्युत् प्रशिक्षक भानु पौडेल सवार थिए । तीनै कर्मचारीको अवस्था अज्ञात छ ।
प्रहरीका अनुसार गाडीका चालक पौडिएर बाँच्न सफल भएका छन् ।


प्रतिक्रिया