गोंगबुको एक होटलमा युवायुवती मृत फेला

गोंगबुको एक होटलमा युवायुवती मृत फेला



काठमाडौं । काठमाडौंको एक होटलमा युवायुवती मृत फेला परेका छन् ।

सोमबार बिहान साढे ११ बजेतिर टोखा नगरपालिका-९स्थित गोंगबु लक्ष्मीनगर होटल ग्रीन नेपालमा युवायुवती झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।

उनीहरू उक्त होटलको दोस्रो तलामा रहेको १०५ नम्बरको कोठामा मृत फेला परेका हुन् । मृतक गोरखा शहीद लखन गाउँपालिका-१ घर भएका २१ वर्षीय दिनेश सार्की र तनहुँ व्यास नगरपालिका-१० दमौलीकी २६ वर्षीया मुस्कान वयक छन् ।

दिनेश शौचालयभित्र चुकुल लगाएर र मुस्कान कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको एसपी रिजालले बताए ।

मुचुल्का उठाएर प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको परिसरले जनाएको छ। शवको पोष्टमर्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।