काठमाडौँ । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा आज मंगलबार नेपाल र पाकिस्तानको ए टोली खेल्दैछन् । खेल हङकङको मङकङ क्रिकेट मैदानमा नेपाली समयानुसार बिहान पौने ७ बजे सुरु भएकाे हाे ।
टस जितेर नेपालले ब्याटिङको निम्तो दिएको पाकिस्तानले यो समाचार तयार पर्दा १५ ओभरमा ७ विकेट गुमाएर ६५ रन जोडेको छ । नेपालका लागि कविता जोशी र सीता रानामगरले २–२ विकेट लिएका छन् । इन्दु बर्मा र कविता कुँवरको नाममा १–१ विकेट छ ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा हङकङ, भारत र पाकिस्तान रहेका छन् । भारत र पाकिस्तानको ‘ए’ टोली हो । नेपाल र हङकङको भने सिनियर टोली नै सहभागी छ । दोस्रो खेल नेपालले भारतसँग र तेस्रो खेलमा घरेलु टोली हङकङसँग खेल्नेछ ।
समूह ‘बी’ मा मलेसिया, यूएई, बङ्गलादेश र श्रीलङ्काको ‘ए’ टोली छ । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।


प्रतिक्रिया