विवाह मण्डपबाटै बेहुलाबेहुली नियन्त्रण

विवाह मण्डपबाटै बेहुलाबेहुली नियन्त्रण



धनकुटा । बालबिबाहको अभियोगमा धनकुटामा प्रहरीले एक जोडीलाई विवाह मण्डपबाटै नियन्त्रणमा लिएको छ ।

धनकुटा नगरपालिका–४ देब्रेबासस्थित बेहुलाका घरबाट १९ वर्षीय बेहुला नरेश मङराती र १५ वर्षीया बेहुली सफला खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै, बेहुलाका बाबु कृष्ण मङराती पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

धनकुटा प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (डीएसपी) नरेन्द्र कुवँरले केटाकेटीको उमेर २० वर्षभन्दा कम भएकाले कानुन बमोजिम प्रक्रिया अघि बढाइने जानकारी दिए ।

बेहुलीकी आमा मैया खड्काले आफू निरक्षर रहेको र कसैले पनि विवाह गराउन नहुनेबारे जानकारी नगराउँदा यस्तो अवस्था आइपरेको बताइन् ।