जलहरी प्रकरण : अनियमितता भएको पुष्टि गर्न सदस्यसचिव थापाकाे चुनौती

जलहरी प्रकरण : अनियमितता भएको पुष्टि गर्न सदस्यसचिव थापाकाे चुनौती



काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले जलहरी प्रकरणबारे अनियमितता भएको पुष्टि गर्न चुनौती दिएका छन् । 

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा पशुपतिनाथ मन्दिरमा राखेको जलहरीमा १० किलो सुन गायब भएको विषयमा उनले अनियमितताको भएको प्रमाणीत गरेर आफूलाई फाँसी दिन भन्दै अन्यथा आफ्नो बद्नाम नगरिदिन आग्रह गरे । 

बैठकमा भावुक बनेका उनले कि सुन चोरी भएको प्रमाणीत गर्न होइन भने बद्नाम नगर्न आग्रह गरेका हुन् । आफूलाई राज्यले कमजोर बनाएको बताउँदै सदस्यसचिव थापाले सुन चोरीको गलत आरोपले आफ्ना दुईवटा बच्चामा पर्ने नकारात्मक असरबारे ध्यान दिनुपर्ने बताए । 

वास्तविकता नभएको र तथ्यहीन समाचारले पारिवारिक रुपमा पार्ने असरबारे जानकारी गराउँदै उनले भने, ‘सुन चोरेको हो भने प्रमाणित गरेर कालकोठरीमा जाकियोस् हैन भने आफूलाई बदनाम नगरियोस् ।’