ललितपुरमा प्रहरीमाथि एक किशोरद्वारा चक्कु प्रहार

ललितपुरमा प्रहरीमाथि एक किशोरद्वारा चक्कु प्रहार



कठमाडौं । ललितपुरको पाटन क्याम्पसनजिकै एक किशोरले प्रहरी जवानमाथि चक्कु प्रहार गरेका छन् ।

ललितपुर पाटनढोकामा रहेको पाटन क्याम्पसनजिकै रहेको एक क्यान्टिनका किशोरले प्रहरी जवानलाई बुधबार दिउँसो चक्कु प्रहार गरेका हुन् ।

चक्कु प्रहारबाट प्रहरी जवान सामान्य घाइते भएका छन् । घटनापछि ती किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।