‘वान एक्स बेट’ प्रकरणमा पक्राउ परेका तीन हास्य कलाकारसहित ८ जना सार्वजनिक

‘वान एक्स बेट’ प्रकरणमा पक्राउ परेका तीन हास्य कलाकारसहित ८ जना सार्वजनिक



काठमाडौं । वान एक्स बेटमा सक्रिय रहेका तीन कलाकारसहित पाँचजना यूट्युबर पक्राउ परेका छन् । वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं प्रहरीले आठ जनालाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले कलाकार बल्छी ध्रुबे, राजु मास्टर, पवन खतिवडा (म्याकुरी)सहित पाँचजना यूट्युवर पक्राउ गरेको हो ।

पक्राउ पर्ने यूट्युवरमा एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र बेगम नेपाली रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ल्यापटप, मोबाइल, सिमलगायत विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार उनीहरूले वान एक्स बेटको प्रमोट गरेबापत २ लाखदेखि ४० लाख रुपैयाँसम्म लिएको प्रारम्भिक बयानमा खुलाएका छन् ।

यसअघि प्रहरीले बुधबार पनि वानएक्स बेटमार्फत कारोबार गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको थियो ।