फिल्म ‘गणपति’को सुटिङ सेटमा आगलागी

फिल्म ‘गणपति’को सुटिङ सेटमा आगलागी



काठमाडौं । नेपाली चलचित्र ‘गणपति’को छायांकन सेटमा आगलागी भएको छ । उक्त फिल्मको एउटा गीटको भिजुअल सुटिङका क्रममा सेटमा आगलागी भएको बताइएको छ ।

उक्त गीतमा अभिनेत्री वर्षा शिवाकोटी र एक सय जना कोरसको तृत्य छायांकन चलिरहेको थियो ।

बालाजुमा रहेको चलचित्र विकास संस्थानमा लोमान बालेर धुवाँ निकाल्न खोज्दा आगलागी भएको जनाइएको छ । उक्त गीतको नृत्यमा कविराज गहतराजले निर्देशन गरिरहेका थिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।