प्रधानन्यायाधीश कार्कीको शपथ आजै

प्रधानन्यायाधीश कार्कीको शपथ आजै



काठमाडौं । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम प्रधानन्यायाधीश लागि अनुमोदन भए लगत्तै राष्ट्रपति कार्यालयले शपथको तयारी गरेको छ ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानन्यायाधीशका रूपमा कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार साँझ सवा ५ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्न लागेका हुन् ।

संसदीय समितिको आजको बैठकमा कामु प्रधानन्यायाधीश कार्कीले समिति सदस्यको जिज्ञासाको जवाफ दिएपछि उनको नाम प्रधानन्यायाधीशको रूपमा अनुमोदन भएको हो ।

बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नेपालको प्रधानन्यायाधीश पदमा संसदीय सुनुवाइपछि कार्कीको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको जानकारी दिएका थिए ।