प्रधानन्यायाधीश कार्कीले राष्ट्रपतिसँग लिए शपथ

प्रधानन्यायाधीश कार्कीले राष्ट्रपतिसँग लिए शपथ



काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । उनले आजै राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको शपथ लिएका छन् ।

संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार नै कार्कीको नाम प्रधानन्यायधीशमा अनुमोदन गरेको थियो ।

आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।