नक्कली शरणार्थी प्रकरणमा म सामेल थिइनँ : खाँण

नक्कली शरणार्थी प्रकरणमा म सामेल थिइनँ : खाँण



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आफू निर्दोष भएको प्रतिक्रिया दिएका छन् ।

जिल्ला अदालत, काठमाडौंले शुक्रबार खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

अदालतको आदेश बुझेपछि सञ्चारकर्मीहरुलाई संक्षित प्रतिक्रिया दिएका खाँणले यो घटनामा आफू संलग्न नभएको बताए । उनले यो घटनामा आफू सामेल नभएले निर्दोष रहेकाे दाबी गरेका हुन् ।

अदालतको आदेश पूरा पढ्न नपाएको बताउँदै उनले आदेश पालना गर्ने र अदालतबाट न्याय पाउने बताएका छन् ।

खाँण पूर्पक्षका लागि थुनामा पठाउने आदेश अनुसार केन्द्रीय कारागार चलान भएका छन् । उनले थुनामा रहँदा अध्ययन गरेर समय बिताउने बताए । “थुनामा रहँदा अध्ययन गर्छु, अब अदालतबाटै न्याय होला,” खाँणले भने, “सबै साथीहरूलाई धन्यवाद । म गएँ ।”