विश्वकप छनोट : आसिफ ६६ रन बनाउँदै आउट

विश्वकप छनोट : आसिफ ६६ रन बनाउँदै आउट



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्धको आफ्नो पहिलो खेलमा आइतबार नेपालले दोस्रो विकेट पनि गुमाएको छ । नेपालले ३३.५ ओभरमा एक सय ७४ रन बनाउँदै दोस्रो विकेट गुमाएको हो ।

ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ९९ रनमा आउट भएलगत्तै अर्का ओपनर आसिफ शेख पनि ६६ रनमा पेभेलियन फर्किएका थिए । आसिफले एक सय बलको सामना गरी सात चौका हिर्काएका थिए । कुशलले भने ९५ बलको सामना गरी दुई छक्का र १३ चौका प्रहार गरेका थिए ।

हाल कुशल मल्ल १३ र रोहित पौडेल १ रनमा क्रिजमा छन् । पछिल्लो समय नेपालले ३५ ओभरमा दुई विकेट गुमाएर एक सय ८६ रन बनाएको छ ।