मधेश प्रदेशसभामा पाँच विषयगत समितिको सभापति चयन

मधेश प्रदेशसभामा पाँच विषयगत समितिको सभापति चयन



जनकपुरधाम । मधेश प्रदेशसभामा पाँच संसदीय विषयगत समितिको सभापति चयन भएको छ । प्रदेशसभामा सातमध्ये पाँच समितिको सभापति चयन भएको हो ।

प्रदेशसभाकाे सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेकी मञ्जु थापा, विकास समिति सभापतिमा जसपाका शारदा शंकरप्रसाद कलवार, महिला बालबालिका तथा सामजिक न्याय समितिमा लोसपाकी रुपा कुमारी यादव, अर्थ तथा योजना समितिमा सतीशकुमार सिंह र प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा माओवादी केन्द्रकी सारदा पहाडी चयन भएका हुन् ।

संसदीय समिति भागबन्डा गरी सभापति चयन गरेको हो । नेपाली कांग्रेस र एकीकृत समाजवादीको भागमा परेको प्रदेशसभा मामिला र कृषि तथा भूमि व्यवस्था समितिमा सभापति चयन हुन सकेको छैन । नवनिर्वाचित संसदीय समितिका उपसभापतिहरूलाई सभामुख रामचन्द्र मण्डलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।