गोरखा र कास्कीका केही ठाउँमा ठूलाे वर्षा, सावधानी अपनाउन आग्रह

गोरखा र कास्कीका केही ठाउँमा ठूलाे वर्षा, सावधानी अपनाउन आग्रह



काठमाडौं । गोरखाको बारपाक, कास्कीको ज्यामिरेबारी र सिक्लेसमा ठूलो पानी परिरहेकोले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

विभागअन्तर्गत नेपाल बाढी सूचना केन्द्रले कास्कीको ज्यामिरेबारी र सिक्लेसमा धेरै वर्षा मापन भएको र त्यस आसपासका नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भन्दै सचेतता अपनाउन अनुरोध गरेको हो ।

यस्तै अहिले कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित सामान्य वर्षा भइरहेको छ । आज राति पनि कोशी प्रदेशका केही भागमा ठूलाे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ ।