नागरिकताविहीन सङ्घर्ष समितिका प्रदर्शनकारी र प्रहरीबीच झडप

नागरिकताविहीन सङ्घर्ष समितिका प्रदर्शनकारी र प्रहरीबीच झडप



काठमाडौं । नागरिकताविहीन सङ्घर्ष समितिका प्रर्दशनकारी र प्रहरीबीच झडप भएको छ । माइतीघर मण्डलामा भइरहेको प्रदर्शनका क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

नागरिकताविहीनहरुलाई यथाशीघ्र नागरिकता दिनुपर्ने माग गर्दै केहीदिन अघिबाट माइतीघर मण्डलामा प्रदर्शनकारीले प्रदर्शन गर्दै आएका छन् ।

प्रदर्शनमा सहभागी एक युवा बेहोस भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाउँदा आफूहरु नागरिकताबाट वञ्चित भएको भन्दै प्रदर्शन भएको हो ।

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ। तर उक्त व्यवस्था कार्यान्वयन नहुँदा जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुका सन्तान नागरिकताविहीन छन् ।