श्री जगन्नाथ रथयात्रा महामहोत्सव सम्पन्न

श्री जगन्नाथ रथयात्रा महामहोत्सव सम्पन्न



काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) द्वारा सम्माननिय उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा ४३औं ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव भव्यताका साथ आषाढ ०५ मंगलवारको दिन सम्पन्न भएको छ ।

यस दिव्य महामहोत्सबमा अर्थमन्त्री (प्रकाश शरण महत), भूमि व्यवस्था, सहकारी तथा गरिबी निबारण मन्त्रालय (रन्जिता श्रेष्ठ), बिभिन्न मन्त्रालयका बिशिष्ट सचिवहरु आदि बिशिष्ट व्यक्तित्वहरुको पनि उल्लासमय उपस्थिति रहेको थियो । उपराष्ट्रपति तथा मन्त्रीहरुको यस संस्थाका केन्द्रिय सचिवरुपेश्वर गौरले स्वागत गरेका थिए ।

नेपाली ईतिहाँसमा परापुर्व कालदेखिनै राजाको प्रमुख आतिथ्यमा यसैगरी रथयात्रा हुने गर्दथ्यो । यसै संस्कृतिलाई निरन्तरता दिँदै राष्ट्राध्यक्ष उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख आतिथ्यता ग्रहण गरी भगवान श्री जगन्नाथ, बलदेव, शुभद्रा देवीको फुल, दियोद्घारा पुजा गरी उद्घाटन भएको थियो ।

वैदिक धर्मलाई संसारभरि प्रचार गरि निभ्न लागेको जस्तो भान भएको हिन्दु सनातन धर्मलाई फेरि ब्युँझाउन महान योगदान गर्ने इस्कोनका संस्थापक आचार्य श्री श्रीमद ए.सी. र्भिक्तवेदान्त स्वामी प्रभुपादलाई माल्यापर्ण गरि सम्मान प्रकटका साथै ईतिहासमा राजा प्रताप रुद्रले भगवान बिराजमान भएको रथ हिड्ने बाटो झाडु प्रयोग गरि सफा गर्थे त्यसरी नै उपराष्ट्रपतिले पनि सफा गरि वैष्णव संस्कारलाई निरन्तरता दिएका हुन् ।

रथयात्रा कमलादी बाट शुभारम्भ भइ पुतलीसडक, भृकुटिमण्डप, भद्रकाली, एन.ए.सी, न्यूरोड, बसन्तपुर हुँदै पुनः न्यूरोड हुँदै टुडेखेलमा समापन भएको थियो । नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित उक्त रथयात्रा महोत्सवमा सम्पुर्ण नगरबासिहरु भगवान नाम हरे कृष्ण महामन्त्रको किर्तन गरेर भगवानको आराधना गरी हर्षोल्लासपुर्ण बिधिले उत्सब सम्पन्न भएको छ ।

बिहान १०ः३० बाट शुरु भएको यस कार्यक्रम मा नगरबासी हरुको भगवान नामको किर्तन, भगवानको दिव्य लिला बर्णित ग्रन्थको बितरण तथा दिव्य भगवानको प्रसाद वितरण भएको थियो । रथयात्रा मार्गमा नगरबासिहरुले आफ्नो आफ्नो घर, स्थानबाट भगवानको स्वागत तथा पुजा अर्चना हुने संस्कृति रहेको र यसरी हजारौँ भक्तहरुको उपस्थितिमा टुडिखेलमा साँस्कृतिक कार्यक्रम तथा भगवानको दिव्य कथा प्रवचन भएको छ । यसरी जगन्नाथ प्रसादमको आनन्द लिएर कार्यक्रम समापन भएको छ ।