काठमाडौं । नेपाल नागरिक उड्यन प्राधिकरणले नेपाल एअरलाइन्सका दुई पाइलटलाई कारबाही स्वरुप निलम्बन गरेको छ ।
उनीहरुले फ्लाइट सेफ्टीको नियम पालना नगरेको भन्दै यस्तो कारबाही गरेको हो ।
प्राधिकरणका अनुसार काठमाडौंदेखि जापानको नारिता उडानका क्रममा उनीहरुले नियम पालना नगरेको देखिएपछि निलम्बन गरेको हो ।
उनीहरुलाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया