पूर्वप्रधानमन्त्री चन्दलाई पत्नी शोक

पूर्वप्रधानमन्त्री चन्दलाई पत्नी शोक


ग्लोब नेपाल
108
Shares

काठमाडौं । पुर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नि शोक परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापकसमेत रहेका चन्दको धर्मपत्नी दिव्यश्वरी चन्दको ८३ वर्षको उमेरमा विहीबार निधन भएको हो ।

उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा शुक्रबार बिहान निधन भएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

उनको, श्रीमान्, दुई छोरा र दुई छोरी छन् । दिवङ्गत चन्द राप्रपा नेता जयन्त चन्दकी आमा हुन् । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।