‘परस्त्री’ले पायो रिलिजका लागि अनुमति

‘परस्त्री’ले पायो रिलिजका लागि अनुमति



काठमाडौं । नेपाली कथानक चलचित्र ‘परस्त्री’ले सेन्सर बोर्ड (केन्द्रीय चलचित्र जाँच समिति)बाट रिलिजका लागि अनुमति पाएको छ । सेन्सर बोर्डले आज पीजी सर्टिफिकेट दिएपछि ‘परस्त्री’ले रिलिजका लागि अनुमति पाएको हो ।

चलचित्रमा रहेका केही सिन हटाए र केही सिन ब्लोर गरेपछि बोर्डले पीजी सर्टिफिकेट दिएको हो । अब यो सिनेमा हेर्न १८ वर्षमुनिका बालबालिकाले अभिभावक लिएर मात्रै हल जानु पर्नेछ ।

यसअघि सेन्सर बोर्डले चलचित्रमा रहेका केही सिन नहटाउँदासम्म रिलिजका लागि अनुमति दिन अस्वीकार गरेको थियो ।

सुरज पाण्डेको डेब्यु निर्देशन ‘परस्त्री’मा शिल्पा मास्के कोसिस क्षेत्री, गौरव विष्ट मुख्य भूमिकामा छन् । दीपेन्द्र के खनालले लेखेको चलचित्रकी निर्मात्री शर्मिला पाण्डे हुन् ।

असार १५ गते नेपाल र भारतमा चलचित्र एक साथ रिलिज हुँदै छ । हिन्दी र नेपाली भाषामा बनेको चलचित्र भारतमा पनि रिलिज हुने निर्माण पक्षले जनाएको छ ।