बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते

बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते


ग्लोब नेपाल
54
Shares

शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो ।

चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मरेको प्रनाउ केसीको भनाइ छ । घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको उनले बताए ।