न्याय परिषद् बैठक निर्णयविहीन

न्याय परिषद् बैठक निर्णयविहीन



काठमाडौं । न्याय परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको छ । न्यायाधीश नियुक्ति सम्बन्धमा सोमबार बसेको परिषद्को बैठक निर्णयविहीन भएको हो ।

न्यायाधीश नियुक्तिका लागि बसेको बैठकमा प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा छलफल भएको थियो । छलफलका क्रममा प्रस्तावित न्यायाधीशको विषय टुङ्गोमा पुग्न नसकिएको र प्रत्येक व्यक्तिको सम्बन्धमा छुट्टाछुट्टै छलफल भएको एक सदस्यले बताए ।

प्रस्तावित न्यायाधीशहरुको विषयमा परिषद्का सदस्यबचि छलफल नसकिएपछि असार १३ गते बुधबार पुनः बैठक बस्ने गरी सोमबारको बैठक सकिएको छ ।