पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ



काठमाडौं । ललिता निवासकाे जग्गा हिनामिना प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो ।

शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए ।

गृह मन्त्रालयकै सहसचिवबाट अवकाश पाएका तत्कालीन शाखा अधिकृत सुधीरकुमार शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत थिए । राणा परिवारसँगको नाता पनि पर्ने उनले ललिता निवासको जग्गा हत्याउने क्रममा पर्दा पछाडिबाट सहयोग गरेको केन्द्रीय अनुसन्धान व्यूरो स्रोतले बताएकाे छ ।

शाहलाई पक्राउ गरेसँगै प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।

यसअघि सीआईबीको टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।