चिनियाँ अर्बपति ज्याक मा काठमाडौंमा

चिनियाँ अर्बपति ज्याक मा काठमाडौंमा



काठमाडौं । चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगेका छन् ।

अध्यागमन विभागका अनुसार उनी मंगलबार दिउँसो २:३० बजे बङ्गलादेशको भीपीसीएमए विमान चार्टर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

पर्यटक भिसामा उनी नेपाल आएका हुन् ।

ज्याक मा बिजनेस ट्रिपका लागि काठमाडौं आएको बताइए पनि काठमाडौंमा उनको भ्रमणको उद्देश्यबारे यकिन विवरण सार्वजनिक गरिएको छैन ।

यही जुन २९ तारिख बिहीबार उनी काठमाडौंबाट पाकिस्तानको लाहोर जाने तालिका छ ।

ज्याक मा पछिल्लो समय व्यवसायसँगै प्रेरणादायी मन्तव्य दिने उद्यमीको रुपमा पनि चिनिएका छन् । उनले विभिन्न सहरमा युवाहरूलाई दिएका प्रवचन विश्वभर चर्चामा छन् ।