पक्राउ परेका ४ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

पक्राउ परेका ४ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका चार जनालाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश वासुदेव पौडेलले सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न अरोपितहरुलाई हिरासतमा राख्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई अनुमति दिएका हुन् ।

सिआइबीले सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा मंगलबार सात जनलाई पक्राउ गरेको थियो जसमध्ये तीन जनलाई कागज गराएर रिहा गरेको छ ।

अदालतबाट यसअघि नै स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको छ । अरु पक्राउ पर्नेमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व आयुक्त सुधीर शाह, तत्कालीन खरदार गोपाल कार्की र तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतम रहेका छन् ।