काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको अभियोगमा उनी विशेष अदालतबाट दोषी ठहर भएका हुन् ।
शुक्रबार न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले उनलाई दोषी ठहर गरेको हो ।
खड्कालाई एक वर्ष तीन महिना कैद सजाय हुने फैसला भएको छ । अदालतका प्रवक्ता दिपेन्द्र योगीका अनुसार बिगोबमोजिमको ९ करोड ३३ लाख २५ हजार ३१४ रुपैयाँ बराबरको जरिबानाको फैसला भएको छ ।
त्यस्तै, उक्त मुद्दामा प्रतिवादी बनाइएका शर्मिला खड्का र अमिता लामा सोदेम्बाको नाममा रहेको सम्पत्ति अभियोगपत्रम बमोजिम जफत गरिएको योगीले जानकारी दिए ।
प्रतिक्रिया