समाजवादी मोर्चा बनाएर वामपन्थी एकता गर्न लागेका छौं : प्रधानमन्त्री प्रचण्ड

समाजवादी मोर्चा बनाएर वामपन्थी एकता गर्न लागेका छौं : प्रधानमन्त्री प्रचण्ड


ग्लोब नेपाल
378
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा बनाएर वामपन्थी एकता गर्न लागेको बताएका छन्।

आइतबार बिहान नारायण विलास जोशी स्मृतिको ३४ औं स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले फेरि कम्युनिष्ट पार्टी एकताको दिशामा अगाडि बढ्ने उद्घोष गरे।

उनले भने, ‘अहिले क. माधव कुमार नेपाल, म लगायत,क. विप्लव र क. उपेन्द्र यादव समेतले फेरि एकचोटी समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकताबद्ध गर्ने पहल सुरु गरेका छौं । ‘

प्रचण्डले झण्डै २ तिहाई भएको नेकपा एकचोटी असफल भयो भन्दैमा पछाडि हट्न नहुने भएकाले कम्युनिष्ट एकतामा जुट्नुपर्ने धारणा राखे। उनले के कारणले कम्युनिष्ट विभाजन भए गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने धारणा राखे।

प्रचण्डले समाजवादी मोर्चाबाट वामपन्थीलाई एकता गर्ने भने पनि मोर्चामा कम्युनिष्ट र गैरकम्युनिष्ट रहेका छन्। समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा रहेको छ। मोर्चामा आएका चार पार्टीका फरक–फरक सिद्धान्त, विचार, दृष्टिकोण र कार्यक्रमहरू छन्। माओवादी केन्द्र, नेकपा एस र विप्लव तीन कम्युनिस्ट पार्टी हुन्। मधेस केन्द्रित जसपा पनि यो मोर्चामा छ। तर, उसले कम्युनिस्ट सिद्धान्त मान्दैन।