काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय मनमैजुका दुई जना कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेकाे छ ।
जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले उनीहरुलाई एक लाख ७५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हाे ।
आयाेगले पक्राउ परेका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविषेक कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आरोपीद्वयलाई बिगो बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रतिक्रिया