चितवन । तुइन खोला पुलनजिकै पहिरो जाँदा शनिबार मध्यरातदेखि अवरूद्ध नारायणगढ-मुग्लिन सडक आइतबार साँझ पौने ६ बजेतिर खुलेको छ ।
सडक दुईतर्फी नै खुलेको भरतपुर डिभिजन सडक कार्यालयले जानकारी गराएको छ । सडकमा गाडीहरू धेरै भएकाेले आ-आफ्ना लेनअनुसार गाडी चलाउन कार्यालयले चालकहरूलाई अपिल गरेको छ ।
शनिबार रातिदेखि नै सडक अवरुद्ध भएकाले सवारी साधनको लामो लाइन लागेको छ ।
प्रतिक्रिया