काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप ३ जना आरोपितलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो ।
महर्जन नक्कली मोही, भट्टाराई २०६० सालमा कमनापा-४ का तत्कालिन वडासचिव (हाल महानगरका अधिकृत) र कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी थिए । कार्कीले माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा प्रधानमन्त्री हुँदा बालुवाटारको विशिष्ट व्यक्तिको निवास विस्तारका क्रममा सरकारी जग्गा नरहेको भनेर सिफारिस गरेका थिए । त्यसकै आधारमा १४ रोपनी भन्दा बढी जग्गा नक्कली मोही र अरु व्यक्तिका नाममा गएको थियो ।
प्रतिक्रिया