मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । मलेसियामा जारी एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा घरेलु टोलीविरुद्ध नेपालले पहिला बलिङ ब्याटिङ गर्ने भएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालका कप्तान अभिषेक तिवारीले टस जितेर ब्याटिङ रोजेका हुन् ।

नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई तथा मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराउँदै समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो । मलेसियाले थाईल्यान्डलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।