काठमाडौं । गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख जितेन्द्र बस्नेतले काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी पाएका छन् ।
हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको हो ।
बस्नेत ८ वर्षअघि सहसचिव बनेका थिए । यसअघि राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागको महानिर्देशकसँगै गोरखा, चितवन र पर्साको सिडिओको जिम्मेवारी सम्हालिसकेका बस्नेतलाई प्रशासन क्षेत्रमा राम्रो अनुभव छ ।
प्रतिक्रिया